तरकारीको मूल्यमा आज सामान्य गिरावट

काठमाडौं, असार ३१ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज नेपाली ठूलो गोलभेँडाको मूल्य हिजो(शनिबार)को तुलनामा स्थिर छ । आज प्रतिकेजी न्युनतम ७० रुपैयाँमा गोलभेँडा पाइन्छ । सानो गोलभेँडाको मूल्यमा १० रुपैयाँ मूल्य बढेर आएको छ । आज प्रतिकेजी ३० रुपैयाँ मूल्य तोकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो आलु ४६ र सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले घटेर ७० रुपैयाँमा किनबेच भैरहेको छ भने,भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ २ रुपैयाँले घटेर प्रतिकेजी ८ रुपैयाँमा झरेको छ ।

त्यस्तै, कालीमाटी बजारमा घिउ सिमी लोकल ६०, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, भटमासकोशा ७०, तितो करेला ७०, लौका ७०, परवल ३५, फर्सी पाकेको४५ हरियो फर्सी (लाम्चो) ५०,कन्ने च्याउ १५०,डल्ले च्याउ ३३०, कुरीलो २०० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ९० रुपैयाँ,तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ६० रुपैयाँ मूल्य रहेको छ ।

त्यस्तै, फलफूमा हिजोको तुलनामा सबैको मूल्य स्थिर रहेको छ । आज केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १२०, अनार ४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।