नेपाल र बंगलादेशको दोस्रो मैत्रिपूर्ण खेल आज

काठमाडौं, असार ३१ । राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आज आइतबार दोस्रो खेल खेल्न लागेको हो ।

एशियाडको तयारीमा रहेको नेपालले पहिलो मैत्रिपूर्ण खेलमा बिहिबार बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।