एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालले युएई ए विरुद्ध खेल्दै

काठमाडौं, साउन ३ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल युएई ए विरुद्ध खेल्दैछ ।

नेपाली समय अनुसार आज (बुधबार) बिहान १०ः १५ मा पि सारा ओभल कोलोम्बोमा खेल सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए संग ४ विकेट र दोस्रो खेलमा भारत ए संग ९ विकेटले पराजित भएसँगै समूह चरणबाटै बाहिरिन पुगेको हो । युएई पनि भारत र पाकिस्तानसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिन पुगेको छ । तरपनि दुबै टोलीले आजको अन्तिम खेल खेल्दैछन् ।

आजको खेलमा युएई ए भन्दा नेपाल बढी दबाबमा हुनेछ । युएईको सिनियर टोलीले नेपालसँग पछिल्लो समय लगातार हार्दै आएको छ । तर, यदि युएई ए ले नेपाललाई हराएमा त्यो नेपालको लागि लज्जास्पद र उनीहरुको लागि ठूलो उपलब्धी ठहरिनेछ ।

युएई ए को लक्ष्य पनि नेपाललाई नै हराउने हुनेछ भने नेपाललाई आजको खेल साख जोगाउनकै लागि पनि जित्नैपर्ने दबाब छ ।