सिटिईभिटी अन्तर्गतका शैक्षिक सस्थाहरुमा आम हडतालको घोषणा

काठमाडौं, साउन ३ । नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अन्तर्गतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले साउन ४ गते देशैभरिका प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम परिषद (सिटिईभिटी) अन्तर्गतका विद्यालयहरु आम हडताल (बन्द) को घोषणा गरेको छ ।

शैक्षिक सत्र २०८०/८१ मा लागू हुने गरि पिसिएल नर्सिङ, एचए, र डिप्लोमा इअन फार्मेसीमा गरेको शुल्क वृद्धि तत्काल खारेज गर्नको लागि संघर्षको कार्यक्रम अन्तर्गत सम्पुर्ण शैक्षिक संस्थाहरुमा हडतालको घोषणा गरिएको एक अपिल पत्र मार्फत घोषणा गरिएको छ ।

अपिल पत्रको पुर्णपाठ
शैक्षिक हडतालको लागी अपिल !

शुल्क वृद्धिका विरुद्ध PCL Nursing HA र Diploma In Pharmacy संचालित सम्पूर्ण शैक्षिक संस्थाहरुमा गरिएको साउन ०४ को शैक्षिक हडताल सफल पारौ ॥

हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रको आमुल रुपान्तरणका लागि निरन्तर संघर्ष गरिरहेको छ । यहि मिति २०८० असार २९ गतेका दिन सिटिइभिटीले मनोमानी तरिकाले PCL Nursing , HAर Diploma In Pharmacy मा शुल्क वृद्धि गरेको छ । यस्तो जटिल आर्थिक परिवेशमा अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिका विरुद्ध हामी चरणबद्ध संघर्षमा छौं। जनताका छोराछोरीहरु स्वास्थ्य शिक्षाबाट वन्चित हुने सिटिइभिटीको उक्त कदम प्रति घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं ।

सिटिइभिटीले शैक्षिक सत्र २०८०/०८१ देखि प्रमाण तह नर्सिङ्गमा ६,२४,२३०, सामान्य चिकित्सामा ५,२३,८२०, डिप्लोमा इन फार्मेसीमा ४,२३,६६० शुल्क तोकेको छ । जुन क्रमश; पुरानो शुल्क भन्दा PCL Nursing ३१.४२ प्रतिशत, HA २९.६६ प्रतिशत र Diploma In Pharmacy – २५.७२ प्रतिशतका दरले शुल्क वृद्धि गरिएको छ । नाजायज र अन्यायपुर्ण तरिकाले सिटिईभिटि प्रशासन र निजि शैक्षिक संस्थाका संचालकहरु बिच भएको आर्थिक लेनदेन सहितको मिलोमतोमा शुल्क वृद्धि गरिएको कुरा ठहर गर्दै हाम्रो संगठनले देशव्यापी संघर्षको शुरुआत गरेको छ । जस अन्तर्गत यहि साउन ०४ गते हाम्रो संगठनको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापी रुपमा PCL Nursing, HA र Diploma In Pharmacy संचालित शैक्षिक संस्थाहरूमा शैक्षिक हडतालको घोषणा गरेको छ । उक्त बन्दलाई भौतिक र नैतिक समर्थन गरि सहयोग गरिदिन सम्बन्धित सबैलाई हार्दिक अपिल गर्दछौं । हाम्रो संघर्षका विरुद्धमा जाने, बन्दको अवज्ञा गर्दै अटेर गरे त्यसको शसक्त प्रतिरोध गरि उचित जबाफ दिनेकुरा यसै अपिल पत्र मार्फत सम्प्रेषण गर्दछौं ।

क्रान्तिकारी अभिवादन सहित !
रामबहादुर तिरुवा
संयोजक