काठमाडौं, साउन ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपालका कम्युनिष्ट पार्टी आफ्नै कारण चुनौतिपूर्ण अवस्थामा भएको बताएका छन् ।
‘समाजवाद,बहस र संघर्ष’ अन्र्तक्रिया कार्यक्रममा शनिवार उनले नेपालमा लोकप्रिय शक्तिको रुपमा उदाएको कम्युनिष्ट पार्टी आफ्नै कारण चुनौतिपूर्ण अवस्थामा पुगेको बताए ।
नेपालले भने, ‘नेपालको सन्र्दभमा हामीले गौरव गर्नुपर्छ । नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय शक्तिको रुपमा उदाएको छ तर,हामीलाई चिन्ता के छ भने संगसंगै यसले अनेकौं चुनौतिको सामना गरिरहेको छ । अरुको कारणले हैन आफ्नै कारणले ।’
२०७४ को जनमतलाई कम्युनिष्ट सरकारले जिम्मेवारीपूर्ण रुपमा जन अपेक्षा अनुसार काम गरेर सरकार र पार्टी सञ्चालन गर्न सकेको भए आज नेपालको राजनीतिक अवस्था धेरै फरक अवस्थामा पुग्थ्यो उनले भने ।
नेकपा जोगाउन नसकेकोप्रति उनले एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरे ।
‘दुई ठूला पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र एकताबद्ध भएर बनेको नेकपा बन्यो ।यो कम्युनिष्टको लागि ठूलो ऐतिहासिक उपलब्धि थियो । त्यसलाई टिकाउन जोगाउन सकिएन । त्यतिवेलामात्रै होइन निर्वाचन भन्दा पहिले पनि फुटको अवस्था आइसकेको थियो,निर्वाचन पछि पनि त्यो अवस्था आइसकोको थियो । त्उसलाई मिलेर छलफल गरेर जाउँ भन्दा त्यसलाई लत्याउने काम भयो,कम्युनिष्ट भित्र रहेका व्यक्तिवादी रोगहरु विभिन्न तहमा छन् । कम्युनिष्ट आन्दोलनभित्र भएका विकृतिहरुको राम्ररी चिरफार गरिएन भने बोली एउटा र व्यवहार अर्को हुन्छ,’ नेपालले भने ।
नेपालले चुनाव केन्द्रीत भएर त्यसमै सिमित बन्नु भन्दा जनतादेखि जनतासक्म कम्युनिष्ट आन्दोलनलाई लागुपर्ने विचार राखे ।
अशेस घिमिरेद्वारा लिखित पस्ुतक ‘समाजवाद,बहस र संघर्ष’ नामक पुस्तकको कार्यक्रममा नेता नेपालले आजै विमोचन गरेका छन् ।
लेखक घिमिरेले आफ्नो पुस्तक बारे धारणा राख्दै समाजवादको बहस र संघर्षको बीचमा कम्युनिष्टहरुले एउटा बटो रोज्नुपर्ने अवस्थामा आइपुगेको बताए ।
उनले नेपाली जनताको लागि साँच्चिकै समाजवाद उन्मुख बाटो रोज्ने कि नवउदारवादलाई सघाउने गरि पूँजिवादलाई समर्थन गर्ने भन्ने विषयमा कम्युनिष्टहरुले वैज्ञानिक बहस गर्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले समाजवादको बहस र संघर्षलाई ठिक बाटोमा हिँडाउन समाजवादको पक्षमा लागेका दलले चार कुराका तयारी गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरे ।
त्यसका लागि उनले पहिलो नक्बरमा विचारधारात्क तयारी हुनुपर्ने बताए । वर्ग पक्षधरताको विचारधारालाई बुझेर अगाडि बढ्ने तयारी गर्नुपर्नेमा उनको जोड छ । यस्तै,सांगठनिक तयारी, जनपरिचालनको तयारी लगायतका विषयमा कम्युनिष्ट नेताहरुले साङ्गोपाङ्गो रुपमा स्पस्ट हुन जरुरी भएको धारणा राखे ।


















