काठमाडौं,साउन २२ । संघीय संसदमा देखिएको गतिरोध हटाउन लागि सभामुख देवराज घिमिरेको आह्वानमा शीर्षनेताहरुको बैठक जारी छ ।
सोमबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी छन् ।
साउन १० मा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए ।


















