तोलामा २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं,मंसिर ५ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।