रुकुम पश्चिमको मध्यपहाडी राजमार्गमा जिप दुर्घटना २२ घाइते,७ जनाको अवस्था गम्भीर

काठमाडौं,मंसिर ५ । रूकुम पश्चिममा यात्रुबाहक गाडी दुर्घटनामा परेको छ ।

सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको २२ यात्रु बोकेको जिप चौरजहारी नगरपालिका–८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो ।

जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको र जिपमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

उननका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल लगिएको छ ।

जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीले आकलन गरेको छ । जिप चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन् ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।