नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं,मंसिर १८ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले महाधिवेशनको मिति तय गर्न आज (सोमबार) का लागि सचिवालय बैठक बोलाएको छ ।
बैठक एसको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।

यसअघि एसले आगामी माघमा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । त्यो समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन आजका लागि सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

बैठकमा अन्तरपार्टी निर्देशन(अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, र कार्यविभाजन गर्नेदेखि विभिन्न कमिटीमा प्रतिनिधि मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने खतिवडाले जानकारी दिए ।

साथै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तथा पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर पार्टी सङ्गठन विस्तार र पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना बनाउनेलगायतका विविध विषयमा छलफल गर्ने बताइएको छ ।