दुई संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौँ । आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ ।

बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।