मतदातासमक्ष सार्वजनिक सुनुवाइ गर्न चितवन जाँदै रवि, भने – कार्यक्रममा पार्टीको लोगो नलगाइदिनू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असोज १८ गते चितवनमा सार्वजनिक सुनुवाइ गर्दैछन् ।

सामाजिक सञ्जालमार्फत उनले असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन जाने जानकारी गराएका हुन् ।

असोज १८ गते बिहान साढे ११ बजे थकाली समाज भवनमा सार्वजनिक सुनुवाइ हुनेछ ।

आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता रहेको उनले बताए ।

‘सबै मतदातालाई आफ्ना प्रश्नसहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘साथै, जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकाले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’