साफ महिला च्याम्पियनसिप : आज माल्दिभ्ससँग भिड्दै नेपाल

काठमाडौं, कार्तिक ५ गते । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ ।

समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ ।