काठमाडौं, कार्तिक ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आज दिउँसो १२ः३० बजे पोखराको सृजना चोकमा भेला भएर विरोध प्रदर्शनमा सहभागी हुन् आग्रह गरेको हो।
पोखरा लगायत देशैभरिका जनताहरूले देखाएको राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि आभार व्यक्त गर्दै पार्टीले अन्यायविरुद्धको लडाईमा आज पनि सहभागी भइदिन आग्रह गरेको छ ।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेदेखि नै पार्टीले लगातार विरोध प्रदर्शन गर्दै आएको छ । लामिछानेलाई अदालतले छानबिन गर्न ६ दिनको म्याद थप दिएको छ ।


















