नेपाल प्रहरीका १२ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी

काठमाडौं, कार्तिक ११ गते । नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएको हो ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले उनीहरुलाई स्पष्टीकरण सोधेको बताइएको छ ।

कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।