नेपाल प्रिमियर लिग : काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्‌दै छन् ।

पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् ।

काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।

यस्तो छ चितवन राइनोजको टोली

कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा र सोहेल तनभिर ।

यस्तो छ काठमाडौं गोर्खाजको टीम

करण केसी, भीम सार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ, विवेक केसी, नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर ।

यस्तै आजको दोस्रो खेल दिउँसो १ः१५ बजेदेखि जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।