पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी

पूर्व । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी भएकी छन् ।

यही मङ्सिर १६ गते भएको उपनिर्वाचनमा एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी भएकी हुन् ।

बुढाले तीन हजार छ सय २७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेकी एमालेकी केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत प्राप्त गरिन् । बुढाले गठबन्धनलाई एक हजार चार सय ९९ मतान्तरले पराजित गरेकी हुन् ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा (माओवादी केन्द्र) का जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।