सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई दियो १८३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्समाथि निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८२ रन हान्यो ।

सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले विराटनगरविरुद्ध अर्थशतक प्रहार गरे । उनले २४ बलमा ५७ रन जोडे ।