काठमाडौं-१६ की वडाअध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए सपथ

काठमाडौं । काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।

रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।