रवि लामिछानेलाई पोखरा लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो ।

लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।

त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ ।

प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।