जनकपुरले जित्यो एनपिएलकाे उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेट हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।

योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्चिम रोयल्सले जितका लागि १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।