दामि क्रिएसनको प्रस्तुतिमा रहेको “सुँगुर मुस्कुराउछ” नामको टेलि सिरियल हरेक सोमबार साझ ७ बजे आउने भएको छ ।उक्त सिरियल सनम तामाङ ले निर्माण गरेका हुन ।टेलि सिरियलमा सुमिन गुरुङ ,नवीन थापा ,लोकेन्द्र भन्डारी ,दिप्सन लिम्बू ,सम्झना श्रेष्ठ , सब्या दिप गौतम ,रेश्मा खजुम लिम्बू ,सुभराज श्रेष्ठ, इसान जङ्ग राउत आदि रहेका छन । राकेश रनापालको श्रृङ्गार रहेको छ भने बिजय मगर को निर्देशन रहेको उक्त सिरियल मा शृङ्खला निर्देशकमा भने दिनेश कार्की रहेका छन । सिरियल को मिडिया कोडिनेटर बिशाल प्याकुरेल रहेका छन ।समसामयिक विषयको हास्य बिधामा रहेको उक्त सिरियल भने दामी क्रेएसन युटुब च्यानल मा आउने छ । सिरियलमा कथा / लेखन / छायांकन र सम्पादन भने स्वयम सनम तामाङको नै रहेको छ ।