काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली बुटवल जाँदै छन् ।
नेकपा एमालेले आज दिउसो बुटवलमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी बुटवल जान लागेका हुन् ।राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको बताइएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवल मण्डप छानिएको हो ।
सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थ मन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल जाने तयारी रहेको छ ।