काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका उनिहरुलाई यसअघि चैत २६ मा काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
तीनकुनेमा आयोजित पुर्वराजा समर्थकहरुको प्रदर्शनमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईं समेतलाई राज्य बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।