भक्तपुरमा मृत फेला परिन रोशनी शाही।

काठमाडौं -तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरमा मृत फेला परेकी छन् ।

भक्तपुरको सूर्यविनायक– २ वृहस्पतिमार्गस्थित लक्ष्मीश्वरी महतोको घरमा ३० महिनादेखि डेरा गरी उनी बसेकी थिइन् । शनिबार दिनभर उनको चालचुल थियो । तर, आइतबार विहानैदेखि न उनी देखा परिन्, न त बन्द कोठा नै खुल्यो ।

आइतबार भक्तपुरमा मृत फेला परेकी रोशनी शाही तिनै व्यक्ति थिइन् । महरा प्रकरणदेखि नै रहस्यमयी पात्रका रुपमा चर्चामा आएकी उनको मृत्यु पनि यतिबेलासम्म रहस्यमै छ ।