राजनीति फोहोरी खेल होइन,यसलाई फोहोर बनाउने अनैतिक पात्रहरू हुन्।दलमर्दन कामी

राजनीति फोहोरी खेल होइन,यसलाई फोहोर बनाउने अनैतिक पात्रहरू हुन्।

अध्यक्ष -सयुक्त नागरिक पार्टी ,संिघय /केन्द्रिय समिति दलमर्दन कामी आफ्नो फेसबुक वालमा राजनिती प्रति को आफ्नो धारण येसरी अभिबेक्त गर्छन।

नेपाली राजनीति आजसम्म किन अपमानित, कलंकित र जनविश्वासविहीन भयो? यसको मूल कारण राजनीति सिधाान्त स्वयं होइन, बरु यसलाई स्वार्थ, भ्रष्टाचार, षड्यन्त्र र अवसरवादी हरुको दूषित चिन्तन, अनैतिक र बेइमान पात्रहरूको कार्यले फोहेरी जस्तो बनाएका हुन ।
राजनीति फेर्नु वा नयाँ निर्माण गर्नु भनेको तिनीहरुको फोटोकपि गर्नु पार्टी माथि पार्टी र नेतृत्वहरु बीच नेतृत्व थोपर्ने मात्र होइन नेतृत्वको चरित्र, मूल्य र संस्कार नै परिवर्तन गर्नु हो।

संयुक्त नागरिक पार्टीले दृढ अठोट र संकल्प गरेको छ ” सर्वजातिय समावेशी सामाजिक लोकतन्त्र” सैधान्तिक आधारमा रहेर राजनीति सत्य, निष्ठा, नैतिकता, इमानदारी र जनसेवामा प्रतिबद्धतामा आधारित स्वच्छ राजनीतिक संस्कारको स्थापना गरेर सिङ्गो समाज र राष्ट्रमा विकास र समृद्धी गर्नेछ। यसका लागि देशविदेशमा रहनुभएका उत्पीडित, उपेक्षित र सम्पुर्ण सचेत नागरिकको साझा जिम्मेवारी रहेको छ ।

अबको राजनीति पेशा होइन, निस्वार्थ सेवा हो।
हामी, संयुक्त नागरिक पार्टीका सबै नेता र कार्यकर्ताहरू,
राजनीतिलाई आत्मिक, निष्ठावान र जनउत्तरदायी सेवाको माध्यम बनाउने संकल्प गर्छौं।