बुटवल -लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ । सातौं अधिवेशनको मंगलबारको १४ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक निर्णयार्थ पेश गरेका थिए ।
ध्वनिमतका आधारमा सभामुख घर्ती मगरले उक्त विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।


















