काठमाडौ -सरकारले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको एक सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै उपभोग गर्न दिने निर्णय गरेको छ ।
यसअघि २०७५ भदौ १ गते बसेको मन्त्रिपरिषदले प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयले प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।


















