सुन र चाँदीको मूल्य सामान्य वृद्धि

नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा प्रतितोला दुई हजार ७०० रुपैयाँले वृद्धि भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ। आज चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी चार हजार ९४५ रुपैयाँमा बिक्री भएको थियो। यस आधारमा चाँदीको मूल्यमा प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको भाउ थपघट भइरहेको छ।