एसियन बीच गेम्समा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।

चीनको हाइनान्स्थित सन्या सहरमा आइतबार भएको खेलमा नेपाल बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो। यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपाल समूह ‘बी’ मा अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो।

नेपालले पहिलो हाफमा १९–१७ ले अग्रता बनाएको थियो। दोस्रो हाफमा सोही अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो।

समूह चरणको दोस्रो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो। नेपालले थाइल्यान्डलाई ४९–३३ ले पराजित गरेको हो। नेपालले अब सेमिफाइनलमा श्रीलंकासँग खेल्नेछ।

नेपालले समूह चरणको पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै ४८–३२ को जित दर्ता गरेको थियो।