‘करिमैले पो के गर्छ काइला’बाट नारायणी खत्रिलाई उत्कृष्ट लोकदोहोरी महिला मोडल अवार्ड

केपि कुमार जलन

मोडल नारायणी खत्रीले १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ मा ‘करिमैले पो के गर्छ काइला’ गीतमार्फत सर्वोत्कृष्ट लोकदोहोरी महिला मोडल अवार्ड जित्न सफल भएकी छन्।

अवार्ड प्राप्त गरेपछि खत्रीले यस सफलताले आफूलाई थप ऊर्जा र हौसला दिएको बताउँदै म्युजिक खबर परिवार, आयोजक सुमन बैरागी पण्डित र सविता पोखरेलप्रति आभार व्यक्त गरेकी छन्। उनले ‘करिमै’ गीतलाई माया गर्ने सम्पूर्ण दर्शक–श्रोता, गीतका सर्जक खेम सेन्चुरी र नेत्र अर्याल, साथै सम्पूर्ण ‘करिमै’ परिवारप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्।

त्यसैगरी, उनले आफूलाई निरन्तर साथ, सहयोग र प्रेरणा प्रदान गर्ने पूर्ण विक्रम शाह, आफ्ना परिवार तथा आमाप्रति पनि कृतज्ञता व्यक्त गरेकी छन्।

‘करिमैले पो के गर्छ काइला’ गीतको सफलतासँगै प्राप्त भएको यो अवार्डले नारायणी खत्रीको लोकदोहोरी म्युजिक भिडियो क्षेत्रमा बढ्दो लोकप्रियता र मेहनतको कदर भएको कलाकारहरूको भनाइ छ।