केपि कुमार जलन
काठमाडौं । हरितालिका तीजलाई लक्षित गर्दै गायिका रिना केसीको नयाँ तीज गीत ‘चोकचोकमा केटी’ सार्वजनिक भएको छ। तीजको सांगीतिक माहोललाई लक्षित गरेर तयार पारिएको गीतमा लय, शब्द, स्वर र अभिनयको आकर्षक संयोजन देख्न सकिन्छ।
NBK Creationको प्रस्तुतिमा तयार भएको गीतमा तीजको रमाइलो वातावरणसँगै प्रेम, सम्बन्ध र सामाजिक परिवेशलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। गीतमा रिना केसीको स्वर तथा कलाकारहरूको अभिनयले भिडियोलाई थप रोचक बनाएको छ।
कुमार गौतमको भिडियो निर्देशन रहेको ‘चोकचोकमा केटी’को भिडियोमा विभिन्न कलाकारहरूको अभिनय देख्न सकिन्छ। तीजको अवसरमा नाचगान र मनोरञ्जनका लागि तयार गरिएको गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
लय–शब्द, स्वर र अभिनयको सुन्दर मेल रहेको ‘चोकचोकमा केटी’ यस वर्षको तीजमा कत्तिको चर्चामा आउँछ, त्यो भने दर्शक–श्रोताको प्रतिक्रियाले तय गर्नेछ।


















