काठमाडौं । लोकप्रिय गायक अर्जुन सापकोटाले चलचित्र **‘ककाकिकी’**को शीर्ष गीतमार्फत फिल्मी गायनमा डेब्यु गरेका छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ।
अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। गीतको भिडियो जर्सिङ पौवामा छायांकन गरिएको छ, जसमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरेलगायत कलाकार देखिनेछन्। भिडियोमा अर्जुन सापकोटाले पनि नृत्य गरेका छन्।
निर्देशक बिक्की अगरवालका अनुसार चलचित्रको पोस्ट–प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। शीर्ष गीत यही साताको अन्त्यतिर सार्वजनिक गर्ने तयारी गरिएको छ। ‘ककाकिकी’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ।


















