केपि कुमार जलन
चलचित्र ‘मास्टरनी’ को गीत ‘गुराँसै फुल्दा’ ले दर्शक तथा श्रोताबाट पाइरहेको माया र साथप्रति चलचित्रको सम्पूर्ण टिमले हृदयदेखि आभार व्यक्त गरेको छ।
गीत सार्वजनिक भएपछि प्राप्त भइरहेको सकारात्मक प्रतिक्रिया, माया र समर्थनले आफूहरूलाई थप उत्साहित बनाएको टिमले जनाएको छ। दर्शकहरूको यही साथ आगामी सिर्जनाका लागि सबैभन्दा ठूलो हौसला बनेको टिमको भनाइ छ।
चलचित्रको महत्वपूर्ण गीतका रूपमा रहेको ‘गुराँसै फुल्दा’ अझै नहेर्नुभएका दर्शकहरूलाई OSR Digital को YouTube Channel मार्फत गीत हेर्न र आफ्नो प्रतिक्रिया तथा सुझाव व्यक्त गर्न ‘मास्टरनी’ टिमले आग्रह गरेको छ।
टिमले दर्शक–श्रोताको प्रतिक्रिया नै कलाकार तथा सिर्जनाकर्मीका लागि ऊर्जा र प्रेरणाको स्रोत भएकाले गीत हेरेपछि आफ्नो अनुभव खुलेर साझा गरिदिन अनुरोध गरेको छ।
‘गुराँसै फुल्दा’ मार्फत दर्शकको मन जित्ने प्रयासमा रहेको ‘मास्टरनी’ टिमले आगामी दिनमा पनि दर्शकको माया र साथलाई निरन्तर सिर्जनात्मक यात्राको आधार बनाउने जनाएको छ।


















