जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर ७ जना घाइते

धनगढी । कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएका हुन् ।

स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करीब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो ।

चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएको कैलाली प्रहरीले जनाएको छ ।

घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ ।

उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।