असार ६ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५.३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६.९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/2079.03.06अन्तरप्रदेशभाडादर2022-06-20_12-28-38-219.pdf”]


















