आज कतिमा भईरहेको छ सुनचाँदीको कारोबार ?

असार ७ :नेपाली बजारमा आज (मंगलबार)सुन र चाँदीको मूल्य स्थिर छ । सोमबारकै मूल्यमा मंगलबार सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेको थियो । मंगलबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।