कर्णालीमा अघोषित लोडसेडिङका कारण उपभोक्ता मारमा

असार ८ : कर्णालीमा विद्युत अनियमित हुँदा उपभोक्ता आजित मारमा परेका छन् । कोहलपुर-सुर्खेत प्रसारण लाइनमार्फत् कर्णालीका सात जिल्लाका सदरमुकाम र आसपासमा विद्युत पुगेको छ । तर ती ठाउँमा विद्युत सेवा नियमित छैन । छिनछिनमा गइरहने विद्युतले उपभोक्ताको दैनिकी नै असहज बन्दै गएको छ ।

बित्तका चिमहरु फ्यूज हुने, पंखाका क्वाइल जाने, टेलिभिजनका स्क्रिनको डिस्प्ले जाने र आईसी उड्ने जस्ता समस्या बढ्न थालेका छन् । थोत्रा ट्रान्सर्फमर र पुराना संरचनाका कारण लो-भोल्टेज र ओभर भोल्टेजको समस्या पनि उस्तै देखिन थालेको छ ।

कमजोर संरचनाका कारण हावाहुरी नचलेको अवस्थामा पनि छिनछिनमा बत्ती जाने गरेको छ । विद्युतको समस्या दोहोरीरहनुमा जीर्ण संरचना र भोल्टेज नै मुख्य कारण भएको प्रादेशिक कार्यालयले जनाएको छ ।