आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु, १० प्रतिशत जनताबाट मूल्यांकन हुन्छ : प्रेम आले

असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताएका छन्। पदबाट राजीनामा दिएपछि सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई ९० अंक दिएको बताए।

बाँकी दस प्रतिशत जनताले मूल्यांकन गर्नुपर्ने उनले बताए। उनले आफू मन्त्री भएपछि सुधारका कामहरु धेरे गरेको र मान्छेहरुले पनि एक्सन मन्त्रीको उपमा दिएको बताए। उक्त उपमाले आफू उत्साहित भएर काम गर्ने गरेको उनको भनाइ छ।

उनले आजै संसद बैठकबाट बाहिरिने क्रममा आफूले दुई दिनअघि नै राजीनामा दिइसकेको बताएका थिए। उनले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाएको बताएका थिए।