आफ्नै श्रीमतिलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमान पक्राउ

असार १५:  दाङको तुलसीपुरमा १४ गते दिउँसो आफ्नै श्रीमतिलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमान पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने ४२ वर्षीय उज्वल चनारा रहेको प्रहरीले जानकारी दिएको छ।

चनाराले मंगलबार दिउँसो घरमै शरीरमा पेट्रोल छर्केर २८ वर्षीया पत्नी माया श्रेष्ठलाई आगो लगाएका थिए।

मायाको को हात र खुट्टा जलेको छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

चनारालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएके इलाका प्रहरी कार्यालय तुलसीपरले जनाएको छ।