असार १५ : गृहमन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।
उनले प्राकृतिक विपद्का कारण सडकमा क्षति हुँदा जनधनको क्षति हुने, आवत–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिए ।
मन्त्री खाणले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरूलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भूमिका निर्वाह गर्न पनि निर्देशन दिए ।


















