रामेछापमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु २२ घाईते

असार २१ः रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। खाँदादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट ४० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक राजकुमार थिङले बताएका छन।

उनका अनुसार बस दुर्घटनामा परी ९जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। घाइतेहरूको उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।

दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन। प्रहरी हाल घाइतेहरुको उपचारका लागी पठाउनलाई खटिएको स्थानीयले जानकारि दिएका छन ।