बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना आजबाट सुरु हुने

असार २४ : बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना आजदेखि सुरु हुँदैछ । हिजो भएको पालिका चुनावको मतगणना आजबाट सुरु हुने भएको हो ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुन:  चुनाव गरेको हो ।

बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।