साउन १०ः संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

आजको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हरेका थिए । त्यसपछि बैठक आजै अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको हो ।
अपराह्न फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जनाइएको छ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट हिजो छानबिन समितिलाई बुझाएको थियो।
आर्थिक वर्ष २०७९ र ८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।
असम्बन्धित व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै संसदले गत २२ असारमा ११ सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो ।



















