बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचन आयोगमा नयाँ दल दल दर्ता गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी बिहीबार निर्वाचन आयोगमा दर्ता भएको हो।

समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको निर्वाचन आयोगले जनाएको छ। समाजवादी लोकतान्त्रिक पार्टी भट्टराईनिकट विद्यार्थी नेता दिपक लामिछानले दर्ता गरेर राखेका थिए। स्रोतका अनुसार लामिछानेले भट्टराईसँग सल्लाह गरेर नै दल दर्ता गरेका थिए।

नयाँ दल दर्ता गर्दा समावेशी लोकतान्त्रिक पार्टीको विधान पनि पुनर्लेखन गरिएको पनि बताइएको छ। अब नयाँ दलको चुनाव चिह्न खुलेको एक आँखा बनाइएको छ। उक्त चुनाव चिह्न नयाँ शक्तिले प्रयोग गरेको थियो।