साउन १३ः निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा ढिला सुस्ती भएको भन्दै कञ्चनपुरका सामाजिक अभियान्ता ईश्वरदत्त जोशी नौ दिनदेखि अनसनरत छन् ।

जोशी राजधानीको वसन्तपुरमा निर्मला पन्तको न्यायको माग गर्दै विभिन्न १७ बुँदे मागसहित अनसनमा बसेका हुन् ।
प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाले पन्तको घटना भएको स्थलमा पुगेर उनको परिवारलाई सान्त्वना दिँदै सरकार बनेको २४ घण्टामा अपराधी पत्ता लगाउने प्रतिबद्धता जनाएपनि उनकै नेतृत्वको सरकार बन्दासमेत चासो नदिएको उनले बताए ।
पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा ढिला सुस्ती भएको भन्दै कञ्चनपुरका सामाजिक अभियान्ता ईश्वरदत्त जोशी नौ दिनदेखि अनसनरत छन्।
जोशी राजधानीको वसन्तपुरमा निर्मला पन्तको न्यायको माग गर्दै विभिन्न १७ बुँदे मागसहित अनसनमा बसेका हुन् । आफ्नो माग सुनुवाई नभएकोसम्म अनसन नतोेड्ने उनले बताएका छन् ।


















