इन्जिनमा खराबीको संकेत देखिएपछि यति एयरको विमान पुनः पोखरा फर्काइयो

साउन १३ः पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि फेरि पोखरा नै फर्काइएको छ ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

यती एयरलाइन्सका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएका हुन ।

बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । हाल उक्त जहाजको इन्जिनियरहरुले जाँच गर्न थालेको एयरलाइन्सले जनाएको छ ।