प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदै छ कारोबार ?

साउन १७ः आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ थियो ।

२०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार १०० रुपैयाँ छ । महासंघले हिजो सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो । जुन, हिजो सोमबार ४०० रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको जनाएको छ ।