चर्चामा रहेका गायक,नायक सपूतको पहिलो फिल्म परदेशी-२को गीत सार्वजनिक

साउन १७ः पछिल्लो समय निरन्तर चर्चामा रहेका गायक, गीतकार तथा संगीतकार प्रकाश सपूतको डेब्यु फिल्म परदेशी-२ को पहिलो गीत सार्वजनिक भएको छ।

सोमबार राजधानीमा एक कार्यक्रमको विच फिल्मको ”के वर मागी फर्क्यौ” ,बोलको गीत सार्वजनिक गरिएको हो। रमेश पौडेलको शब्द तथा नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ।

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन्। निर्देशक रायमाझी र राजेश वंशलको निर्माण रहेको फिल्मको कथा रमेश विजीले लेखेका हुन्।

फिल्म असोज १४ देखि प्रदर्शनमा आउँदै छ। दशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र केकी बाहेक वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय रहेको छ।

                                                          गीत सहित