कांग्रेसका सुरेन्द्र पाण्डे गोरखा २ (ख) मा यसकारण बलियो उम्मेदवार

काठमाडौँ । मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकैचरणमा हुँदैछ। उम्मेदवारहरू पनि तय भएर पनि भोट माग्न व्यस्त हुन थालिसके। गोरखा २(ख)मा पनि कांग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे भोट माग्न व्यस्त छन्। अहिले उनी त्यस क्षेत्रका मतदाता भएका क्षेत्रमा होस् या पार्टीले गरेको कार्यक्रममार्फत भोट माग्न व्यस्त छन्।

पाण्डे यसपटक सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभाका लागि साझा उम्मेदवार हुन्। यहाँ नेपाली कांग्रेस संगठनात्मक हिसाबले पनि बलियो छ। त्यैमाथि उनलाई अर्को बलियो संगठन भएको नेकपा माओवादी र अन्य दलको पनि साथ छ।

अब कुरा गरौँ पाण्डेलाई किन भोट हाल्ने भन्नेबारे। जिल्लाको विकास निर्माणमा होस् या पार्टीमा स्पष्ट कुरा राख्न सिधै केन्द्रमा पहुँभच भएका नेता हुन् पाण्डे। सांसद भएर मात्रै पनि भएन। त्यस क्षेत्रको विकास निर्माणका लागि केन्द्र तथा प्रदेशमा पहुँच राख्न सक्ने हैसियत पनि चाहियो। यो हैसियत बनाइसकेका नेता हुन् पाण्डे। विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनको एक हस्ति हुन्।

राजनीतिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी झान्डै ८ महिनाभन्दा बढी समय जेल जीवन बिताउन बाध्य भएका पाण्डेले विभिन्न आन्दोलनमा पक्राउ परेर हिरासतमा कयौँ दिन अनि रात काटे।

उनी नेपाली राजनीतिमा त्यत्तिकै स्थापित भएका नेता पनि होइनन्। दलको तल्लोभन्दा तल्लो तहदेखि आफूलाई पहिचान गराउँदै सफल बनाउँदै अहिले यो अवस्थामा आइपुगेका नेता हुन्।

२०३६ सालमा नेवि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका पाण्डे २०३९ सालमा नेबिसंघ अस्कल इकाइ सचिब हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पस का स्ववियु सभापती निर्वाचित भए।

२०४९ मा नेविसंघको केन्द्रीय सदस्यसमेत भए। २०५९ मा नेपाल तरुण दलको महासचिव भए। हाल तेस्रो पटक नेपाली कांग्रेसका केन्द्रीय सद्स्य बनेका भएका पाण्डे २०७४ सालमा राष्ट्रियसभामा सांसद भई राष्ट्रियसभामा कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता बने।
राष्ट्रियसभामा प्रमुख विपक्षी दलको हैसियतमा पाण्डेले थुप्रै राजनीतिक त्यसमा पनि राष्ट्रियता केन्द्रित विषय उठान गरे। बलियो प्रमुख प्रतिपक्षी दलको रुपमा सांसदहरूलाई प्रस्तुत गराए।

त्रिभुवन विश्व विद्यालय स्नातक गरेका पाण्डे सालिन, इमान्दर, कम बोल्ने र नतिजामा विश्वास गर्ने नेताको परिचय पनि बनाएका छन्। साथै समग्र प्रदेशको विकासका लागि दीर्घकालीन एजेन्डासहित आफू चुनावी मैदानमा उत्रिएको पाण्डे बताउँछन्। निर्वाचित भइसकेपछिको अवस्थामा पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा पनि कांग्रेसले अघि सार्ने सम्भावना प्रबल छ।