गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को निर्वाचनमा संविधानको पक्षधर र संविधान विघटन गर्न चाहने पक्षबीच दुईवटा गठबन्धन आमने–सामने बन्ने बताएका छन् ।
सत्ता गठबन्धन दलहरूको चुनावी जन–भेटघाट कार्यक्रम अन्तर्गत गोरखामा भएको कोणसभालाई सम्बोधन गर्दै दाहालले समावेशी, समानुपातिक मान्यतालाई उल्टाउन चाहने गठबन्धनलाई पराजित गर्नुपर्ने बताए।
उनले यस पटक निर्वाचनमा नेपालमा समान्ती निरंकुशतासहितको राजतन्त्र पुनस्थापना चाहनेको गठबन्धन बनेको दावी गरे ।
दाहालले यस पटकको चुनाव जित्नुभन्दा पनि अत्यधिक बहुमतले जित्नु महत्वपूर्ण रहेको बताए ।
जनताले पाएको संवैधानिक अधिकार रक्षा गर्ने पक्षमा रहेको आफूहरूको गठबन्धन र संविधान मिच्ने र च्यात्ने पक्षको अर्को गठबन्धनको फैसला मंसिर ४ मा हुने उनले दावी गरे । यसैबीच आफूहरूको गठबन्धन पवित्र रहेको पनि दाहालको दाबी छ ।



















